061-561378

News

एशियाको उत्कृष्ट विश्वविद्यालयमा त्रिवि सूचीकृत

बेलायतस्थित ‘द टाइम्स् हाइयर एजुकेशन’ ले सार्वजनिक गरेको एशियाका उत्कृष्ट विश्वविद्यालयको स्तर निर्धारण सूचीमा नेपालको त्रिभुवन विश्वविद्यालय २५१ देखि ३०० औँ स्तरमा सूचीकृत भएको छ । सो संस्थाले विश्वविद्यालयका कूल शिक्षक सङ्ख्या, महिला शिक्षक सङ्ख्या, स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थी सङ्ख्या, महिला विद्यार्थीको सङ्ख्या, शिक्षक विद्यार्थी अनुपात, विश्वविद्यालयभित्र भएका अनुसन्धान, राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा प्रकाशित लेख, रचना, जर्नल, राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा प्रकाशित लेखमा गरिएका उद्धरणलगायत मुख्य सूचकलाई आधार मानी सो निर्धारण गरेको हो । सन् २०१९ का लागि उपलब्ध गराइएको तथ्याङ्कका आधारमा विश्वविद्यालयको मूल्याङ्कन गरिएको र त्रिभुवन विश्वविद्यालय पहिलो पटक एशियाका विश्वविद्यालयको स्तर निर्धारणका लागि सूचीकरण प्रक्रियामा भाग लिएको विश्वविद्यालयले जनाएको छ । संस्थाले विश्वभरबाट गरेको विश्वविद्यालयको स्तर निर्धारण मूल्याङ्कनमा विश्वका उत्कृष्ट ८०१–१००० औंँ विश्वविद्यालयको सूचीभित्र त्रिभुवन विश्वविद्यालय पर्न सफल भएको थियो । विश्वमा करीब ३० हजार विश्वविद्यालय छन् । विश्वविद्यालयका उपकुलपति डा तीर्थराज खनियाले भन्नुभयो,“यो उपलब्धिबाट हामी थप उत्साही भएका छौं र विश्वविद्यालयलाई यो उत्कृष्टताको यात्रामा थप उचाइ उपलब्ध गराउन हामी क्रियाशील रहनेछौंँ । हामीलाई विश्वास छ, हामी सबैको प्रतिबद्धता र लगनशीलताबाट भविष्यमा त्रिविले विश्वमा अझ उच्च स्थान हासिल गर्नेछ ।”

Read more

४ बर्षे बीबीएस प्रथम वर्षको नतिजा प्रकाशित

त्रिभुवन विश्वबिद्यालयले स्नातक प्रथम वर्ष अन्तर्गतको बीबीएस प्रथम वर्षको नतिजा सार्बजनिक गरेको छ । त्रिविले २०७५ भाद्र महिनामा संचालित ४ बर्षे बिबिएस प्रथम वर्षको नतिजा आज प्रकाशित गरेको हो । नतिजा हेर्नको लागि नेपाल टेलिकमको नम्बरबाट 4BBS लेखि एउटा स्पेस दिएर आफ्नो सिम्बोल नम्बर लेखि ३३६२४ मा एसएमएस पठाउनु पर्ने छ ।

Read more

३ बर्षे बीबीएस प्रथम वर्षको नतिजा प्रकाशित

त्रिभुवन विश्वबिद्यालयले स्नातक प्रथम वर्ष अन्तर्गतको बीबीएस प्रथम वर्षको नतिजा सार्बजनिक गरेको छ । त्रिविले २०७५ श्रावण/भाद्रमा संचालित ३ बर्षे बिबिएस प्रथम वर्षको नतिजा आज प्रकाशित गरेको हो । नतिजा हेर्नको लागि नेपाल टेलिकमको नम्बरबाट 3BBS लेखि एउटा स्पेस दिएर आफ्नो सिम्बोल नम्बर लेखि ३३६२४ मा एसएमएस पठाउनु पर्ने छ ।

Read more

परीक्षा आवेदन फारम भर्ने बारे त्रिविको सूचना

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले ३ वर्षे र ४ वर्षे स्नातक तह दोस्रो वर्षका परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा आवेदन फारम भर्ने बारेमा सूचना सार्वजनिक गरेको छ । त्रिविले वार्षिक परीक्षा प्रणाली अनुसार २०७६ सालमा सञ्चालन हुने ३ वर्षे स्नातक तहको दोस्रो वर्षको मानविकी, व्यवस्थापन र शिक्षा शास्त्र संकाय र ४ वर्षे स्नातक तह तृतीय वर्षको परीक्षा दिने व्यवस्थापन, विज्ञान र शिक्षाशास्त्र संकायका नियमित तथा आंशिक परीक्षार्थीहरुले आफ्नो क्याम्पस तथा कलेजमा र प्राइभेट परीक्षार्थीहरुले सोझै त्रिविको परीक्षा नियन्त्रण कार्यालय वा आफुलाई पायक पर्ने सम्बन्धीत क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमा २०७५ साल चैत्र २६ गतेदेखि २०७६ साल बैशाख २५ गते सम्म परीक्षा आवेदन फारम भर्न पाइने भएको छ । दोब्बर दस्तुरमा भने साधारण म्याद सकिएको एक हप्ता सम्म पनि परीक्षा आवेदन फारम बुझाउने व्यवस्था मिलाईएको छ । यस सम्बन्धी थप विवरण त्रिविले प्रकाशित गरेको तलको सूचनामा हेर्न सकिने छ ।

Read more

स्नातक तेस्रो वर्षको परीक्षा तालिका प्रकाशित

त्रिभुवन बिश्वबिद्यालय, परीक्षा नियन्त्रण कार्यालयले २०७६ सालमा संचालन गर्ने ३/४ बर्षे स्नातक तह तेस्रो बर्षको मानविकी, व्यवस्थापन, बिज्ञान र शिक्षाशास्त्र संकायका नियमित तथा प्राइभेट, पूरा तथा आंशिक परीक्षाको समयतालिका सार्बजनिक गरेको छ । परीक्षा मिति: २०७६ साल जेठ ९ गते देखि परीक्षा समय: दिउसो १२ बजे देखि बिस्तृत समयतालिका तल दिइएको छ ।

Read more

BBS प्रथम वर्षमा भर्ना सम्बन्धी सूचना

त्रिभुवन विश्वबिधालय बाट सम्बन्धन प्राप्त, कास्की जिल्लाको मध्य पुर्बी भागमा अवस्थित यस सामुदायिक क्याम्पस जनप्रकाश बहुमुखी क्याम्पसले बिगतका वर्षहरुमा उत्क्र्ट नतिजा ल्याउन सफल भयको जानकारी गराउदै शैक्षिक शत्र २०७४/७५ को लागि BBS प्रथम वर्षमा भर्ना खुलेको जानकारी गराईन्छ | समयमै भर्ना भइ आफ्नो सिट सुरच्यीत राख्नुहुन आनुरोध गरिन्छ |

Read more

प्राध्यापक आबश्यकता

जनप्रकाश बहुमुखी क्याम्पस लेखनाथ -१, कास्कीका लागि प्राध्यापकहरुको आवश्यकता परेकोले इच्छुक आवेदकहरुको जानकारीको लागि यो खुल्ला विज्ञापन गरिएको छ |

Read more
;