News

स्नातक तह ४ वर्षे र ३ वर्षे तेस्रो वर्षको मौका समेत परीक्षा दिने परीक्षार्थीहरूका लागि परीक्षा आवेदन फारम भर्ने सूचना

स्नातक तह ४ वर्षे र ३ वर्षे तेस्रो वर्षको मौका समेत परीक्षा दिने परीक्षार्थीहरूका लागि परीक्षा आवेदन फारम भर्ने सूचना

Read more

एशियाको उत्कृष्ट विश्वविद्यालयमा त्रिवि सूचीकृत

बेलायतस्थित ‘द टाइम्स् हाइयर एजुकेशन’ ले सार्वजनिक गरेको एशियाका उत्कृष्ट विश्वविद्यालयको स्तर निर्धारण सूचीमा नेपालको त्रिभुवन विश्वविद्यालय २५१ देखि ३०० औँ स्तरमा सूचीकृत भएको छ।

Read more

४ बर्षे बीबीएस प्रथम वर्षको नतिजा प्रकाशित

त्रिभुवन विश्वबिद्यालयले स्नातक प्रथम वर्ष अन्तर्गतको बीबीएस प्रथम वर्षको नतिजा सार्बजनिक गरेको छ । त्रिविले २०७५ भाद्र महिनामा संचालित ४ बर्षे बिबिएस प्रथम वर्षको नतिजा आज प्रकाशित गरेको हो । नतिजा हेर्नको लागि नेपाल टेलिकमको नम्बरबाट 4BBS लेखि एउटा स्पेस दिएर आफ्नो सिम्बोल नम्बर लेखि ३३६२४ मा एसएमएस पठाउनु पर्ने छ ।

Read more

३ बर्षे बीबीएस प्रथम वर्षको नतिजा प्रकाशित

त्रिभुवन विश्वबिद्यालयले स्नातक प्रथम वर्ष अन्तर्गतको बीबीएस प्रथम वर्षको नतिजा सार्बजनिक गरेको छ । त्रिविले २०७५ श्रावण/भाद्रमा संचालित ३ बर्षे बिबिएस प्रथम वर्षको नतिजा आज प्रकाशित गरेको हो । नतिजा हेर्नको लागि नेपाल टेलिकमको नम्बरबाट 3BBS लेखि एउटा स्पेस दिएर आफ्नो सिम्बोल नम्बर लेखि ३३६२४ मा एसएमएस पठाउनु पर्ने छ ।

Read more

परीक्षा आवेदन फारम भर्ने बारे त्रिविको सूचना

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले ३ वर्षे र ४ वर्षे स्नातक तह दोस्रो वर्षका परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा आवेदन फारम भर्ने बारेमा सूचना सार्वजनिक गरेको छ । त्रिविले वार्षिक परीक्षा प्रणाली अनुसार २०७६ सालमा सञ्चालन हुने ३ वर्षे स्नातक तहको दोस्रो वर्षको मानविकी, व्यवस्थापन र शिक्षा शास्त्र संकाय र ४ वर्षे स्नातक तह तृतीय वर्षको परीक्षा दिने व्यवस्थापन, विज्ञान र शिक्षाशास्त्र संकायका नियमित तथा आंशिक परीक्षार्थीहरुले आफ्नो क्याम्पस तथा कलेजमा र प्राइभेट परीक्षार्थीहरुले सोझै त्रिविको परीक्षा नियन्त्रण कार्यालय वा आफुलाई पायक पर्ने सम्बन्धीत क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमा २०७५ साल चैत्र २६ गतेदेखि २०७६ साल बैशाख २५ गते सम्म परीक्षा आवेदन फारम भर्न पाइने भएको छ । दोब्बर दस्तुरमा भने साधारण म्याद सकिएको एक हप्ता सम्म पनि परीक्षा आवेदन फारम बुझाउने व्यवस्था मिलाईएको छ । यस सम्बन्धी थप विवरण त्रिविले प्रकाशित गरेको तलको सूचनामा हेर्न सकिने छ ।

Read more

स्नातक तेस्रो वर्षको परीक्षा तालिका प्रकाशित

त्रिभुवन बिश्वबिद्यालय, परीक्षा नियन्त्रण कार्यालयले २०७६ सालमा संचालन गर्ने ३/४ बर्षे स्नातक तह तेस्रो बर्षको मानविकी, व्यवस्थापन, बिज्ञान र शिक्षाशास्त्र संकायका नियमित तथा प्राइभेट, पूरा तथा आंशिक परीक्षाको समयतालिका सार्बजनिक गरेको छ । परीक्षा मिति: २०७६ साल जेठ ९ गते देखि परीक्षा समय: दिउसो १२ बजे देखि बिस्तृत समयतालिका तल दिइएको छ ।

Read more

Page 11 of 13
;