परीक्षा आवेदन फारम भर्ने बारे त्रिविको सूचना
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले ३ वर्षे र ४ वर्षे स्नातक तह दोस्रो वर्षका परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा आवेदन फारम भर्ने बारेमा सूचना सार्वजनिक गरेको छ । त्रिविले वार्षिक परीक्षा प्रणाली अनुसार २०७६ सालमा सञ्चालन हुने ३ वर्षे स्नातक तहको दोस्रो वर्षको मानविकी, व्यवस्थापन र शिक्षा शास्त्र संकाय र ४ वर्षे स्नातक तह तृतीय वर्षको परीक्षा दिने व्यवस्थापन, विज्ञान र शिक्षाशास्त्र संकायका नियमित तथा आंशिक परीक्षार्थीहरुले आफ्नो क्याम्पस तथा कलेजमा र प्राइभेट परीक्षार्थीहरुले सोझै त्रिविको परीक्षा नियन्त्रण कार्यालय वा आफुलाई पायक पर्ने सम्बन्धीत क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमा २०७५ साल चैत्र २६ गतेदेखि २०७६ साल बैशाख २५ गते सम्म परीक्षा आवेदन फारम भर्न पाइने भएको छ । दोब्बर दस्तुरमा भने साधारण म्याद सकिएको एक हप्ता सम्म पनि परीक्षा आवेदन फारम बुझाउने व्यवस्था मिलाईएको छ । यस सम्बन्धी थप विवरण त्रिविले प्रकाशित गरेको तलको सूचनामा हेर्न सकिने छ ।
Read moreस्नातक तेस्रो वर्षको परीक्षा तालिका प्रकाशित
त्रिभुवन बिश्वबिद्यालय, परीक्षा नियन्त्रण कार्यालयले २०७६ सालमा संचालन गर्ने ३/४ बर्षे स्नातक तह तेस्रो बर्षको मानविकी, व्यवस्थापन, बिज्ञान र शिक्षाशास्त्र संकायका नियमित तथा प्राइभेट, पूरा तथा आंशिक परीक्षाको समयतालिका सार्बजनिक गरेको छ । परीक्षा मिति: २०७६ साल जेठ ९ गते देखि परीक्षा समय: दिउसो १२ बजे देखि बिस्तृत समयतालिका तल दिइएको छ ।
Read moreलागत नक्सा डिजाइनको आशयपत्र पेश गर्ने सम्बन्धी सूचना
लागत नक्सा डिजाइनको आशयपत्र पेश गर्ने सम्बन्धी सूचना
Read morePage 14 of 15
